आज:  | Mon, 16, Jun, 2025

इटालियन पेस्तोल र लागुऔषधसहित मकवानपुरबाट एकजना प्रहरीको नियन्त्रामा

२ असार २०८२, सोमबार ११:५० मा प्रकाशित ( १५ घण्टा अघि) ७१४ पटक पढिएको
नारी बाटिका


हेटौँडा असार २ ।

प्रहरीले मकवानपुरबाट इटालीमा बनेको पेस्तोलसहित एक जनालाक्षर्् नियन्त्रणमा लिएको छ । राक्सिराङ गाउँपालिका–१ बस्ने राजु स्याङ्तानलाई लागुऔषध अफिम, र इटालियन पेस्तोल, कटुवा पेस्तोल र ती पेस्तोलमा लाग्ने गोलीसहित नियन्त्रणमा लिएर सोमवार सार्वजनिक गरेको हो ।

स्याङतानलाई उनकै घरबाट जेठ ३१ गते लागुऔषध तथा हातहतियारसहित पक्राउ गरिएको थियो । स्याङतान सुत्ने कोठामा सिरानी मुनी कपडामा बेरेर राखेको अवस्थामा ७.६५ एमएम युनिभर्सल मेड इन इटाली ०२५ लेखिएको म्याग्जिनसहितको पेस्तोल एक थान, खाली म्याग्जिन थप एक थान, १३ राउण्ड गोली बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले बताउनु भयो।

प्रहरीले स्याङ्तानको गोठको दोस्रो तल्लामा कपडामा बेरेर प्लाष्टिकको झोलाभित्र राखेको अवस्थामा कटुवा पेस्तोल एक थान, ८ एमएम १२ राउन्ड गोली र लागुऔषध अफिम एक किलो ३१० ग्राम र २२ किलो ८०० ग्राम लागुऔषध बरामद गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस