
नारी बाटिका
तस्वीर स्रोत : गोरखापत्र
नारी वाटिका संवाददाता
हुम्ला -४ असार ।
हुम्लाको सिमकोट गाउँपालिका(४ स्थित बुराउसेमा माटोको ढिस्को खस्दा एकजनाको मृत्यु भएको छ।
निर्माणको काम भइरहेको सडमा ग्याबिन भर्ने उद्देश्यले जग खन्ने क्रममा अचानक माथिबाट ठलो माटोको ढिस्को खसेको थियो । उक्त घटनामा परी गम्भीर घाइते भएकी २३ वर्षीया सुवित्रा विकको उपचारको क्रममा मृत्यु भएको हो ।
घटनामा परी घाइते भएका अन्य पाँच जनाको जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको हुम्लाका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिनु भयो। घाइते हुनेमा बाजुरा जिल्ला जगन्नाथ गाउँपालिका–१ का २५ वर्षीय पदम सार्की, सिमकोट गाउँपालिका(४ का अन्दाजी २२ वर्षीया शर्मिला विक,रहेका छन् ।
त्यसैगरी सिमकोट गाउँपालिका( ४ का ५४ वर्षीया हीरा लामा, ४० वर्षीय पेमा लामा र ५० वर्षीया डोल्मा लामा रहेका छन्। उनीहरूको जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको प्रहरीले जनाएको छ।








प्रतिक्रिया दिनुहोस