आज:  | Thu, 19, Jun, 2025

ज्योतिबहादुर भण्डारी मितेरी सहकारी ठगी प्रकरण कम्बोडियाबाट पक्राउ परे

५ असार २०८२, बिहीबार ०६:५० मा प्रकाशित ( ११ घण्टा अघि) १४२७ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौं ४ असार ।
मितेरी सहकारी संस्थाको रकम हिनामिनाको प्रकरणमा फरार रहेका ज्योतिबहादुर भण्डारी कम्बोडियाबाट पक्राउ परेका छन्।

कम्बोडियाबाट पक्राउ गरी उनलाई गएराति नेपाल ल्याइएको हो। सत्तारुढ दलका केन्द्रियस्तरका नेताहरुको समेत नाम मुछिएको मितेरी सहकारीको रकम हिनामिना सम्बन्धी उजुरीले खासै गति लिएको अवस्था थिएन। तर भण्डारीलाई पक्राउ गरेसंगै अब यस विषयले गति लिने भएको छ ।

मितेरी सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो–सीआइबीले जाहेरी लिएर केही तथ्य खोजी गरेको थियो। तर सहकारीको रकम हिनामिनाका मुख्य आरोपी ज्योति गुरूङ र अर्का आरोपी ज्योतिबहादुर भण्डारीलाई पक्राउ गरिएको थिएन।

। इन्टरपोलमार्फत रेड नोटिस जारी गरेर खोजी गर्दा प्रहरीले ज्योतिबहादुर भण्डारीलाई कम्बोडियामा पक्राउ परेका हुन् । ​ज्योतीबहादुर पक्राउ परेपछि यस सहकारी संस्थाको ठगी प्रकरणले थप रहस्य खुल्ने प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस