
कैलाली -५ असार ।
कैलालीमा खोलाले बगाउँदा एक जना पुरुषको मृत्यु भएको छ । कैलाली जिल्लाको गौरीगंगा नगरपालिका–२ चौमालामा खोलाले बगाउँदा अन्दाजी ६० वर्षीय नरबहादुर ताम्राकारको मृत्यु भएको हो ।
बुधबार साँझ अ. ५ बजे पुरानो चौमाला बजारदेखि घर फर्कने क्रममा चौमाला खोलाले बगाएर ताम्राकार बेपत्ता भएका थिए ।
बेपत्ता भएका ताम्राकारको खोजी गर्ने क्रममा बिहीबार बिहान खोलामा शव फेला परेको ईलाका प्रहरी कार्यालय चौमालाले जानकारी दिएको छ।
मृतक ताम्राकारको शव पोस्टमार्टमका लागि धनगढीस्थित प्रादेशीक सेती अञ्चल अस्पतालमा पठाएको ईलाका प्रहरी कार्यालय चौमालाले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस