आज:  | Fri, 20, Jun, 2025

खुकुरी प्रहार गरी भाउजूको विभत्स हत्या गर्ने देवर पक्राउ

६ असार २०८२, शुक्रबार ०६:२७ मा प्रकाशित ( १0 घण्टा अघि) २४५० पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

मकवानपुर -६ असार ।

मकवानपुरको थाहा नगरपालिका(कुन्छाल गाउमा खुकुरी प्रहार गरी भाउजूको हत्या गर्ने देवर पक्राउ परेका छन्।

थाहा नगरपालिका(१ कुन्छाल बस्ने ५० वर्षीया तुलमाया गोपालीको उनकै देवरले विभत्स रूपमा हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी विश्वराज खड्काले जानकारी दिनु भयो।

देवर नाता पर्ने ३५ वर्षीय बिमलमान गोपालीले खुकुरी प्रहार गरी तुलमायाको हत्या गरेका खुकुरीले टाउको र घाँटीमा वीभत्स तरिकाले प्रहार गर्दा उनको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि देवर फरार भएकोमा बिहिबार अपराह्न खुकुरीसहति उनलाई पक्राउ परेका प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस