आज:  | Fri, 20, Jun, 2025

स्टार मेकर एपमार्फत प्रलोभनमा पारी नाबालिकालाई बिक्री गर्न भारततर्फ लैजाने युवक पक्राउ

६ असार २०८२, शुक्रबार ०७:०१ मा प्रकाशित ( १0 घण्टा अघि) १०२४ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौं ६ असार ।

हिन्दू बनेर काठमाडौंकी एक नाबालिकालाई प्रलोभनमा पारी भारतको राजधानी दिल्ली लिएर जाँदैगरेका एकजना मुस्लिम युवकलाई भारतीय प्रहरीले पक्राउ गरेको छ।

केही दिनदेखी काठमाडौंबाट बेपत्ता भएकी एक १३ वर्षीय बालिकालाई शेख रिजवान आलम भन्ने एक युवकले दिल्ली लैजाँदै गरेको अवस्थामा रक्सौल भन्सार नजिकैबाट भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएको हो।

मुस्लिम समुदायका शेख आलमले हिन्दू बनेर स्टार मेकर एपमा साथी बनाउँदै निज नावालिकसंग बिहे गर्ने र राम्रो जागिर लगाइदिने प्रलोभनमा पारी दिल्ली लगिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

वीरगञ्जसँग जोडिएको भारतीय सहर रक्सौल सीमानामा भारतिय सीमा सुरक्षा बल (एसएसबी(जुभेनाइल एड सेन्टर र डंकन अस्पतालको न्याय नेटवर्क परियोजनाको संयुक्त अपरेसनमा निज नाबालिकासहित मानव तस्कर आलम पक्राउ परेका हुन्।

पक्राउ परेका युवक भारत बिहार राज्यको पूर्वी चम्पारणका शेख रिजवान आलमले तस्करी गर्न लागेको एसएसविले बताएको छ। रक्सौल कस्टम नजिकै पहाडी मूलकी केटी र मधेशी मूलको केटा देखेपछि शङ्का लागेर संयुक टोलीले खोजतलास गर्दा मानव तस्करीको घटना सार्वजनिक भएको हो।

स्टार मेकर एपमार्फत आलमसँग नाबालिकाको मित्रता भएपछि प्रेम सम्बन्धमा परेकी उनलाई रिजवानले दुई पटक काठमाडौँमा भेटेका थिए । भारतीय मानव तस्करी विरुद्धको रोधी इकाईले किशोरीलाई सुरक्षित राखी आलमलाई आवशयक कार्वाहीको लागी रक्सौल स्थित हरैया थानामा बुझाएको छ ।

यसैगरी विभिन्न समयमा सामाजिक संन्जालमार्फत भारतीय तथा नेपाली मानव तस्करीहरुले नाबालिका लगायतका किश्वरीलाई प्रलोभनमा पारी बेचविखन गर्ने गरेको मोतीहारी जिल्ला प्रहरी प्रमुख एसपी सुवर्ण प्रभातले लाई बताएका छन्। उनले यस्ता घटना रोक्न सीमाक्षेत्रमा खटिएका नेपाली सुरक्षाकर्मी र बिभिन्न गैरसरकारी संस्थाका पदाधिकारी बिशेष रुपमा चनाखो हुन सुझाव दिएका छन्।

पछिल्लो समय नेपाली बालिकालाई बिभिन्न प्रलोभन देखाएर भारतको बिभिन्न प्रान्तमा लैजाने घटना बढेको छ। केहीदिन अघि मात्र बारा सिम्रौनगढकी एक बालिकालाई ललाई फकाई भारत तर्फ लैजाने क्रममा सीमावर्ती जमुनिया क्याम्पका एसएसबिको गस्ती टोलीले दुवैजना लाई पक्राउ गरी रौतहट स्थित प्रहरी चौकी बंकुलको जिम्मा लगाएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस