आज:  | Sat, 21, Jun, 2025

चितवनमा बस र ईभी गाडी ठोकिँदा ७ को मृत्यु,२४ जना घाइते

७ असार २०८२, शनिबार १६:१२ मा प्रकाशित ( ८ घण्टा अघि) १५२० पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

चितवन-७ असार ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको राप्ती नगरपालिकाको खहरे पुलमा भएको सवारी दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २४ जना यात्रुहरु घाइते भएका छन् ।

चितवन प्रहरीका अनुसार धनगढीबाट काँकडभिट्टा तर्फ आउँदै गरेको प्रदेश१.०१(००१ख ३५८३ नब्बरको बस र मकवानपुरबाट नारायणगढ तर्फ गई रहेको बागमती प्रदेश ०३(००१ज २९९ नम्बरको ईभी गाडी एकआपसमा ठक्कर खाँदा दुर्घना भएको हो।

दुर्घनामा परी ज्यान गुमाउने हरुमा मकवानपुर हटिया ३ का ५५ वर्षीय सोमप्रसाद रुपाखेती, मकवानपुर हेटौंडा ५ का ५३ वर्षिया मैंयाकुमारी न्यौपाने छन्। यस्तै अन्य मृतकहरूको विवरण खुल्न बाँकी रहेको बताईएको छ ।

घाइते भएका २४ जनाहरूलाई उपचारको लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ । दुबै सवारी साधन घटना स्थलमा नै भएको कारण बाटो दुबै तर्फ अवरुद्ध छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस