आज: २०८२ कार्तिक २६, बुधबार | Wed, 12, Nov, 2025

भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार

२०८२ अषाढ ८, आईतबार मा प्रकाशित ( ४ महिना अघि) ६५७३ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौं ८ असार ।

सरकारले दलालहरुले वैदेशिक रोजगारीमादआकर्षक जागिरको प्रलोभनमा पारी नेपालका विभिन्न जिल्लाबाट भारतको उत्तराखण्डको काशिपुरमा पुर्याई बन्दी बनाइका ३५ नेपालीको उद्धार गरिएको छ।

निकै समयदेखी भारतमा बन्दी बनाएर कुटपिट र यातना दिइ विभिन्न शीर्षकमा रकम असुलेको जानकारी आएपछि परराष्ट्र मन्त्रालयको निर्देशन बमोजिम उद्धार गरिएको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ।

राजदूतावासले उनीहरुलाई उत्तराखण्ड प्रहरी र ‘किन इण्डिया’ नामक सामाजिक संस्थाको सहयोगमा यही असार ५ गते उद्धार गरेको हो। यस घटनासँग सम्बन्धित केही व्यक्तिलाई उत्तराखण्ड प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।

उत्तराखण्डको अन्य स्थानमा बन्दी बनाइएका, थप नेपाली युवाको खोजी र उद्धार जारी रहेको दूतावासले जनाएको छ। साथै उद्धार गरिएका नेपाली युवाहरुलाई कानुनी प्रक्रिया पुरा गरी नेपाल पठाइने राजदूतावासले जनाइएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस