आज:  | Sun, 22, Jun, 2025

पृथ्वी राजमार्गको नौबिसे–मलेखु सडक आज र भोलीको राति बन्द हुने

८ असार २०८२, आईतवार ०७:५३ मा प्रकाशित ( १0 घण्टा अघि) १३३४ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ- ८ असार ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको नौबिसे–मलेखु सडकखण्ड असार ८ गतेदेखि ९ गते राति बन्द हुने भएको छ । मलेखु सडकखण्डमा निर्माणधीन गलौंदी खोला,पुल(चेनेज कि.मि.३५,४५०)मा ठुलो साइजको क्रेन प्रयोग गरी कामे गर्नुपर्ने भएका कारण राति सो खण्डमा सवारी आवागमन बन्द गर्न लागिएको हो ।

जिल्ला प्रशासन कार्यलय धादिङको समन्वयमा काम भइरहेको जि.प्र.का.द्वारा जारी सुचनामार्फत जानकारी गराइएको छ । उक्त कामको लागी आज असार ८ र भोली राति साँडे १० बजेदेखि विहान ३ बजेसम्म अत्यावश्यक सवारी बाहेकका यातायातमा आवागमन रोकेर काम गर्न लागिएको धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस