आज:  | Tue, 24, Jun, 2025

सतर्क रहौँ, काठमाडौँमा तीव्रगतिमा डेंगु फैलदै छ

१० असार २०८२, मंगलवार १५:५४ मा प्रकाशित ( १२ घण्टा अघि) १४२७ पटक पढिएको
नारी बाटिका


काठमाडौँ -१० असार ।

देशमा मनसुन सक्रिए भएसंगै काठमाडौँ उपत्यकामा डेंगु संक्रमण तीव्र फैलिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडिसिडी० को तथ्याङ्क अनुसार जनवरी १ देखि हालसम्म उपत्यकामा २१६ जना डेंगु संक्रमित भेटिइ सकेका छन्।

साथै संक्रमितमध्ये सबैभन्दा धेरै संक्रमित पछिल्लो अप्रिल, मे र जुन महिना भेटिएका हुन्। जसमा हाल काठमाडौँमा १६४ जना र ललितपुरमा ३० जना र भक्तपुरमा​२२ जना संक्रमित रहेका छन्। यस्तै गत जनवरी यता देशभर ७३ जिल्ला डेंगु फैलिसकेको छ। ७३ जिल्लामा हालसम्म एक हजार ५०२ जनामा डेंगु देखिसकेको छ।

डेंगु सङ्क्रमण सबैभन्दा बढी बागमती, कोशी र गण्डकी प्रदेशमा डेंगु सङ्क्रमण पुष्टि भएको छ। २०२२ पछि यसपटक काठमाडौंमा अलि बढी संक्रमण देखिएको हो।

इडिसिको तथ्याङक अनुसार हाल सबैभन्दा धेरै संक्रमण बाग्मती प्रदेशमा फैलिएको हो। जसमा बागमतीमा प्रदेशमा ३८०, कोशी प्रदेशमा तीन सय, गण्डकी प्रदेशमा ३०३ जनामा डेंगु पुष्टि भएको छ। त्यसैगरी लुम्बिनी प्रदेशमा २४७, सुदूरपश्चिम प्रदेशमा २१८, कर्णाली प्रदेशमा ३२ र मधेश प्रदेशमा २२ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ।

कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा। गोकर्ण अनुसार हालसम्म डेंगुको ‘सेरोटाइप्स’ २,१ र ३ ले नै संक्रमण देखाइरहेको बताए।नेपालमा हाल डेंगुका ४ वटा ‘सेरोटाइप्स’ पुष्टि भएका छन्। जसमध्ये हालसम्म १ र २ बाट धेरै जना विरामी भएको महाशाखाले जनाएको छ। चिकित्सकका अनुसार एउटै व्यक्तिलाई डेंगुको फरक फरक सेरोटाइप्सको संक्रमण भए निकै गम्भीर असर हुनसक्छ।

अघिल्लो वर्षहरूको विवरण हेर्दा जुनदेखि अगस्ट र सेप्टेम्बर सम्म डेंगु संक्रमण तीव्र फैलिने हुँदा सतर्क अपनाउनु पर्ने समय आएको डा. दाहालले बताए। यो वर्ष डेंगु संक्रमित पुष्टि भएकामध्ये धरानका मात्रै ५३ प्रतिशत विरामी भेटिएका छन्।

पानी परेसँगै पानी जम्ने र जमेको पानीमा लामखुट्टेका लार्भा बढ्न थालेपछि संक्रमणको संख्यामा पनि दैनिक बढ्दो छ। पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्छ‚ ती फुल लार्भा बन्छन् र त्यही लार्भा वयस्क भएपछि मानिसलाई टोकेपछि डेंगु फैलिन्छ।

यस्तै तिब्र गतिमा यो फैलिने हो भने अबको एक महिना संक्रमण बढ्ने हुँदा घर बाहिर निस्कँदा पूरा बाहुला भएको कपडा लगाउन, झुल टाँगेर सुत्न र खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन र झ्यालढोकामा जाली हाल्न स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस