आज:  | Wed, 25, Jun, 2025

विराटनगरमा कोरोना संक्रमणका कारण एक महिलाको मृत्यु

१० असार २०८२, मंगलवार १९:४९ मा प्रकाशित ( १६ घण्टा अघि) १३०३ पटक पढिएको
नारी बाटिका


विराटनगर १० असार ।

आज विराटनगरमा कोरोना संक्रमणका कारण एक महिलाको मृत्यु भएको छ ।

विराटनगरको नोबेल शिक्षण अस्पतालमा भर्ना भएका कोरोना संक्रमित महिलाको उपचारको क्रममा मृत्यु भएको हो। कोरोना सक्रमणको विमारी भई मंगलबार बिहान अस्पतालमा भर्ना भएकी इलामकी ३९ वर्षीय महिलाको मृत्यु भएको अस्पतालका निर्देशक नवीन दाहालले जानकारी दिनु भयो।

निर्देशक दाहालका अनुसार आकस्मिक कक्षमा उपचारत उनको मृत्यु भएको थियो। सात दिन अघिदेखि नै उनको स्वास्थ्यमा समस्या आएको थियो। श्वासप्रश्वासमा समस्या हुने र ज्वरो आएकाले हिजो बिर्तामोडको बिर्तासिटी अस्पतालमा परीक्षण गरिएको बताइएको छ ।

उनलाई परीक्षण गरेसंगै कोरोना (कोभिड–१९० संक्रमण गरी थप उपचारका लागि विराटनगरको नोबेल अस्पताल ल्याइएको थियो। उनसंगै कोशी प्रदेशमा अन्य व्यक्तिलाई पनि कोरोना संक्रमण देखिएको बताईएको छ।

कोशी प्रदेशस्थित स्वास्य मन्त्रालयका अनुसार ८ जनालाई कोरोना संक्रमण भएको छ। संक्रमितमध्ये झापाका ४ जना र मोरङ तथा इलामका २–२ जना छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस