
नारी वाटिका संवाददाता
रूपन्देही -११ असार ।
रूपन्देहीको बुटवल उपमहानगरपालिका १० स्थित योगिकुटीमा भएको विद्युत सब–स्टेसनमा आगलागी भएको छ। मंगलबार राती ९ बजेतिर उक्त सब–स्टेसनमा विधुत् सर्ट भएर आगलागी भएको हो ।
आगलागीका कारण बुटवलदेखि पश्चिम क्षेत्र अन्धकार भएको छ। उक्त आगोलागीलाई प्रहरी, बुटवल र तिलोत्तमा नगरपालिकाबाट आएका दमकलले तत्काल नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
नवलपरासीको सुनवलदेखि पश्चिम नेपालको पूरै विद्युत अवरूद्ध भएको विद्युत ग्रीड महाशाखाका इञ्जिनियर सूर्य प्रसाद पाण्डेले जानकारी दिए।












प्रतिक्रिया दिनुहोस