
चितवन -११ असार ।
चितवनमा श्रीमान्–श्रीमतीको एक जोडीले भिरबाट हाम फालेका छन्। दुबैजना एकैसाथ भिरबाट हाम फाल्दा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् घाइते अवस्थामा छन्।
मृत्यु हुनेमा राप्ती नगरपालिका–४ घर भएका ४२ वर्षीया कुमारी प्रजाको मृत्यु भएको हो। उनीहरुबिचमा घरायासी विवाद भएको र सो विवादपछी श्रीमती कुमारीले घर नजिकैको भिरबाट खहरे खोलामा हाम फालेर ज्यान फालेकी हुन् । साथै श्रीमतीले भिरबाट हामफालेलगत्तै उनका श्रीमान् लीलाबहादुरले पनि भिरबाट हाम फालेका थिए।
श्रीमती कुमारीको घटनास्थलमै मृत्यु भएको छ भने श्रीमान् लीलाबहादुर प्रजा भने गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यलय अितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले बताउनु भयो । अहिले भरतपुर अस्पतालमा उनको उपचार भइरहेको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












प्रतिक्रिया दिनुहोस