
नारी बाटिका

नारी वाटिका संवाददाता
धादिङ १२ असार ।
बेनिधाटको मोटरसाइकल दुर्घटना हुदा दुइजना घाईते भएका छन् ।
बुधबार वेलुकी अं.२०ः२०बजेको समयमा जिल्ला धादिङ बेनिघाट रोराङ गाउँपालिका ३ शितल बजार स्थित पृथ्विराजमार्गमा दुई मोटरसाइकल एक आपसमा ठोक्एिर बा ९६ प २१८९ नं.को मोटरसाइकल र बा ९७ प ७९६४ नं.को मोटरसाइकल दुर्टटना भएको हो । दुर्घटनामा घाईते हुनेहरुमा दुवै मोटरसाइकलमा चालक धादिङ सिद्धलेख गाउँपालि ३ बस्ने बर्ष १९ को रामजि बिशुन्के, रहेका छन् । 
त्यसैगरी अर्का मोटरसाइकल चालक जिल्ला धादिङ गजुरी गाउँपालिका २ बस्ने बर्ष ३३ को सम्भु चौधरी,दायाँ खुट्टा र बायाँ हातमा चोट,अवस्था,मध्यम रहेको इलाका प्रहरी कार्यलय वेनिघाटले जनाएको छ ।
मालिङ्गा बाट मलेखु तर्फ आउदै गरेको बा ९६ प २१८९ नं. को मोटरसाइकल र बिपरित दिशा मलेखु बाट मालिङ्गा तर्फ जाँदै गरेको बा ९७ प ७९६४ नं.को मोटरसाइकल एक आपसमा ठक्कर खादाँ दुवै मोटरसाइकलमा सवार उनीहरु घाईते भई उपचारको लागी राजमार्ग अस्पताल मलेखु पठाइएको हो ।
रातिको समयमा भएको घटनास्थलमा बेनिघाट बाट प्र.स.नि हर्क बहादुर खड्कको कमाण्डमा ट्राफिक सहित टोली खटि गइ घाइृतेहरुको उद्धार गरी उपचारको लागी अस्पतालतर्फ लगिएको थियो । घाइृते १९ वर्षीया रामजि बिशुन्केले भने मादक पदार्थ सेवन गरेका थिए ।








प्रतिक्रिया दिनुहोस