आज:  | Tue, 01, Jul, 2025

राष्ट्रिय परिचयपत्रको नम्वर नागरिकका घर दैलो मै उपलव्ध गराउँदै जिल्ला प्रशासन कार्यालय धादिङ ।

१३ असार २०८२, शुक्रबार १७:३३ मा प्रकाशित ( ३ दिन अघि) २५४३ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
धादिङ -१३ असार ।

राष्ट्रिय परिचयपत्रको नम्वर समुदाय तहमै उपलव्ध गराउनका लागी जिल्ला प्रशासन कार्यलय धादिङले कार्य गरिरहेको छ । प्र.जि.अ.सुमन घिमिरेको नेतृत्वमा रहेको जि.प्र.का.धादिङबाट राष्ट्रिय परिचयपत्र नम्बर हालसम्म प्राप्त गर्न नसकिरहेका लक्षित वर्ग जेष्ठ नागरिक, अशक्त, अपाङ्गता भएका व्यक्तिहरुलाई प्राथमिकतामा राखी जिल्ला प्रशासन कार्यलय धादिङले समुदाय तह मै टोली खटाई कार्य संन्चालन गरेको हो ।

े राष्ट्रिय परिचयपत्र बनाउन बाँकी नागरिकलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालयको समन्वयमा र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको सहयोगमा विवरण दर्ता अपरेटरको तीन जनाको टोली हाल थाक्रे गाउँपालिकामा खटाईएको छ।

सोही कार्यका लागी यसभन्दा अघि पनि त्रिपुरा सुन्दरी गाउँपालिकामा टोली खटाइएको थियो। साथै केही दिनमा थाक्रे गाउँपालिका यस कार्य सम्पन्न गरी नागरिक कै घर दैलोमा गई सेवा प्रवाह गराउने मुख्य उदेस्यले अर्को पालिकामा सम्वन्धित टोलीलाई खटाइने प्र.जि.अ. घिमिरेले जानकारी दिनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस