
नारी बाटिका
नारी वाटिका संवाददाता
काठमाडौँ- १४ असार ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शनिवार साँझदेखि पश्चिम नेपालका विभिन्न प्रदेश र अन्य प्रदेशका केही ठाउँमा भारीदेखि अति भारी वर्षा हुने भएको जानकारी दिँदै सतर्कता अपनाउन सचेत गराएको छ।
महाशाखाले शुक्रवार मनसुन विशेष बुलेटिन जारी गर्दै असार १४ गते आज साँझदेखि २०८२ असार १६ सोमवार बिहानसम्म कर्णाली प्रदेशको पहाडी भू–भाग, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराईका भू–भागका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
साथै अन्य प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमासमेत भारीदेखि धेरै अति भारी वर्षाको सम्भावना रहेको जानकारी गराएको हो। भारी वर्षाका कारण भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने बताएको छ ।
जसका कारण दैनिक जन–जीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने हुँदा सतर्कता अपनाउँदै आवश्यक तयारी गर्न सचेत गराएको छ।








प्रतिक्रिया दिनुहोस