आज: २०८२ माघ ८, बिहिबार | Thu, 22, Jan, 2026

एकल आमाका सन्तानले आमाको नामबाट नागरिकता पाउने पाउने भए

२०८२ अषाढ १४, शनिबार मा प्रकाशित ( ६ महिना अघि) ४९९२ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौँ -१४ असार ।

नेपाल नागरिकता (दोस्रो संशोधन विधेयक, २०८२) पारित भएसँगै एकल आमाका सन्तानले आमाको नामबाटै नागरिकता पाउने भएका छन्।

शनिबार भएको विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री रमेश लेखकले नागरिकताको विषयमा संविधान, कानून र सरकारको धारणा स्पष्ट रहेको बताउनु भएको थियो ।

गृह्रमन्त्री लेखकले नागरिकता पाउनुपर्ने नागरिक नागरिकताविहीन नरहोस् र पाउन नपर्ने व्यक्तिले नागरिकता नपाओस् भन्ने विषयमा सरकार गम्भीर रहेको बताउनु भयो ।

सो सम्वन्धि संविधानले गैर आवासीय नेपाली नागरिकलाई पनि नागरिकता प्रदान गर्ने व्यवस्था गरेको उल्लेख गर्दै त्यसका लागि छुट्टै कानून निर्माणको तयारीमा सरकार लागिरहेको जानकारी दिनु भयो ।

उहाँले भन्नु भयो, ‘नेपाली नागरिकता पाउनुपर्ने नागरिक नागरिकता विहीन नरहोस् र पाउन नपर्ने मानिसले नागरिकता नपाओस् भन्नेमा संविधान, कानून र सरकार स्पष्ट छ। नेपालको नागरिकता पाउनुपर्ने मानिसले नागरिकता पाउनुपर्छ, पाउन नहुने मानिसले पाउनु हुन्न।

उहाँले यसका विषयमा दुविधा हुन नहुने धारण राख्नु भएको छ । सोही कारण नागरिकताको विषयमा रहेका विवाद र समस्या समाधान गर्न सरकारले नागरिकता विधेयक संशोधन गरेको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस