आज: २०८३ बैशाख १५, मंगलबार | Tue, 28, Apr, 2026

लगातारको वर्षाले धनगढीका दुई हजार घर डुबानमा परे

२०८२ अषाढ १६, सोमबार मा प्रकाशित ( १0 महिना अघि) १०७२७ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

कैलाली -१६ असार ।

दुइ दिनदेखिको लगातार वर्षाले धनगढीका दुई हजार घरहरु डुबानमा परेका छन्। साथै सोही स्थानमा आठ जना डुबानमा परेकाहरुको प्रहरीले सकुसल उद्धार गरेको छ।

आइतबारबाट अविरल वर्षा भएपछी धनगढी उपमहानगरपालिका–१३ श्रीलङ्काका चारजना र धनगढीको बेली गाउँका चारजना गरी आठ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएएको छ ।

प्रहरीका अनुसार उक्त क्षेत्रका स्थानीयवासीको कच्ची घर डुबानमा परेपछि घरभित्र रहेका परिवारलाई उद्धार गरेर नजिकै रहेको आफन्तको घरमा सारिएको छ। त्यसैगरी, धनगढी–१३ श्रीलङ्काका एकै परिवारका चार जनाको पनि उद्धार गरी नजिकैको आधारभूत विद्यालयमा लगी राखिएको हो ।

जिल्ला प्रशासन कार्यलयका सूचना अधिकारी शिवराज जोसीले गएरातिदेखि परेको अविरल वर्षाका कारण धनगढी उपमहानगरपालिका क्षेत्रका झन्डै दुई हजार घरमा पानी पसेको बताएका छन्। जसमा धनगढीका ३, ४, १३, १, ७ र ११ नम्बर वडा वर्षाका कारण प्रभावित भएको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस