आज: २०८२ माघ ८, बिहिबार | Thu, 22, Jan, 2026

पश्चिम नेपालमा मनसुन सक्रिय यी प्रदेशमा भारी वर्षा हुने

२०८२ अषाढ १७, मंगलबार मा प्रकाशित ( ६ महिना अघि) ११९९८ पटक पढिएको
नारी बाटिका


काठमाडौं -१७ असार ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। यतिबेला मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तर तर्फ पश्चिम नेपालको केही नजिक रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी , कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली र बाँकी भू(भागमा आंशिक बदली भइरहेको छ ।

सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा र कोशी प्रदेश, कर्णाली प्रदेशका एक(दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

यसैगरी आहले दिउँसो देशभर साधारणतया बदली रहनेछ भने पहाडी भू(भागका धेरै स्थानमा तथा बाँकी भू(भागका केही स्थानहरूमा मेघगर्जनर चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। तर कोशी, बागमती, र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

देशको उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा र हिमपातका सम्भावना छ। आज राती देशभर साधारणतया बदली रहनेछ। पहाडी भू(भागका केही स्थानमा तथा बाँकी भू(भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

तर कोशी प्रदेशको एक,दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र हिमपातको सम्भावना छ।

साथै कोशी ,गण्डकी ,लुम्बिनी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू(भागका धैरै स्थानमा तथा बाँकी भू(भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

मध्यम,भारी तथा अति भारी वर्षाका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू(क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस