आज:  | Wed, 02, Jul, 2025

लागु औषध मुद्धाका फरार ७० वर्षीया प्रतिवादी तामाङ पक्राउ

१७ असार २०८२, मंगलवार २०:०२ मा प्रकाशित ( १४ घण्टा अघि) १८३० पटक पढिएको
नारी बाटिका


धादिङ १७ असार ।

धादिङका एकजना लागु औषध मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गल्छी गाउँपालिका ४ कोईलीखर्क घर भइ हाल गल्छी ५ बस्ने जित बं.तामाङका छोरा वर्ष अ.७० का सिङ ब.तामाङ रहेका छन् ।  उनी आज विहान अ. ५ बजेको समयमा लागु औषध मुद्धमाा फरार रहेकोमा आज पक्राउ परेका छन् ।

धादिङको जिल्ला अदालतबाट फैसला कार्यान्वयन अन्तर्गत कैद तथा जरिवाना सजाय तोकिएकोमा वारदात पश्चात् फरार रहेका प्रतिवादी तामाङ पक्राउ परेका हुन् । लागु औषध प्रक्ररणको मुद्धामा उनी विरुद्ध जिल्ला अदालत धादिङले सजाय र रु ४० हजार जरिवाना तोकिएको थियो ।

उनलाई जिल्ला प्रहरी कार्यलय धादिङ मातहतको इलाका प्रहरी कार्यलय गजुरीबाट खटिएको प्रहरीको टोलिले खोजतलासको क्रममा फेला पारी फैसला कार्यान्वयनको लागी सम्मानित धादिङ अदालतमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रवत्ता एव् सुचना अधिकारी सुवास हमालले जानकारी दिनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस