आज: २०८३ आश्विन २८, बुधबार | Wed, 14, Oct, 2026

चौरजहारी नगरपालिकाका एक पुरुषद्वारा खुकुरी प्रहार गरी श्रीमतीको हत्या

२०८२ अषाढ १८, बुधबार मा प्रकाशित ( १ साल अघि) ७८१३ पटक पढिएको
नारी बाटिका


रुकुम पश्चिम- १८ असार ।

रुकुम पश्चिमको टाटागाउँका चन्द्र बुढाथोकीले श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् ।

चौरजहारी नगरपालिका–३ टाटागाउँका ३२ वर्षीय बुढाथोकीले उनकी ३० वर्षीया श्रीमती देविकाको हत्या गरेका हुन्। उनीहरुकोबिचमा घरयासी विवाद हुंदा हिजो राति नै बुढाथोकीले श्रीमतीमाथि खुकुरी प्रहार गरी हत्या गरेका थिए।

श्रीमतीको हत्यापछी उनलाई हिजै राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। स्थानीयले घटनाबारे प्रहरीलाई जानकारी दिएपछि घटनास्थलमा प्रहरीको टोली खटिएको थियो। हत्यामा प्रयोग भएको खुकुरी पनि प्रहरीले बरामद गरेको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑