आज:  | Thu, 03, Jul, 2025

आजै बैंकमा संकलित तरलता ६० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

१८ असार २०८२, बुधबार १५:१५ मा प्रकाशित ( १ दिन अघि) १५८२ पटक पढिएको
नारी बाटिका


काठमाडौं १८ असार ।

बैंक,वित्तिय संस्था तथा सहकारीहरुमा थुप्रिएर बसेको तरलताबाट संन्चित ६० अर्ब निक्षेप राष्ट्र बैंकले आज खिच्दैछ।

लगानी हुन नसक्नु तथा लगानी गरिएको ऋण (कर्जा) असुलीमा चुनौतिको सामाना गर्नु पर्ने त्रासले पछिल्ला केही समय यता देशका विभिन्न बैंकमा जम्मा भएका निक्षेप संकलन उपकरण बोलकबोल मार्फत राष्ट्र बैंकले ६० अर्ब निक्षेप खिच्न लागेको हो। यसअघि पनि बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्ष २०८१÷८२ शुरुवातबाट नै राष्ट्र बैंकले निरन्तर तरलता खिच्दै आएको छ।

बंैकमा हाल कुल निक्षेप ७० खर्ब ५८ अर्बभन्दा माथि पुगिसकेको छ। निक्षेप बढेको बढ्यै गर्दा अनलाइन खरिद प्रणाली मार्फत बोलकबोल गर्न लागिको बैंकले जनाएको छ । ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने छ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८२ भदौ १८ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी गराएको छ।

साथै यसका लागी बोलकबोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ। बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने व्यवस्था छ।

राष्ट्र बैंकलले सामान्यता २१ दिनका लागि बोलपत्र आह्वान गर्ने गरेको भएता पनि पछिल्लो समय लामोसमयका लागि बैंकले बजारबाट पैसा खिच्न थालेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस