
नारी बाटिका

नारी वाटिका संवाददाता
धादिङ- १८ असार ।
नेपाल ट्रेड युनियन काँग्रेस धादिङद्वारा नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दीमा एक कार्यक्रम गरी मनाइएको छ । 
विसं १९८१ असार १८ गते जन्मनु भएका कोइरालाको विसं २०६६ चैत ६ गते निधन भएको थियो । 
१०१ औं जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेसका शुभेच्छुक संस्था ट्रेड युनियन काँग्रेस धादिङले उहाँको तस्वीरमा माल्यपर्ण तथा उहाँले देश र जनताका लागी पुरयाउनु भएको योगदानको बारेमा चर्चा गरी मनाइएको हो ।
पूर्व सभापति कोइरालाले सशस्त्र विद्रोह सञ्चालन गरेको तत्कालीन नेकपा (माओवादी)लाई शान्तिपूर्ण राजनीतिको मूलधारमा समाहित गराउन र गणतन्त्र स्थापना गर्नमा महत्वपूर्ण भूमिका खेल्नु भएको थियो । मुलुकमा पाँच पटक प्रधानमन्त्री र लामो समय कांग्रेसको पार्टी सभापति भएर काम गर्नुभएको थियो ।









प्रतिक्रिया दिनुहोस