आज:  | Thu, 03, Jul, 2025

कर्णाली विकास बैंक घोटाला प्रकरणमा पशुपति दयाल पक्राउ

१९ असार २०८२, बिहीबार ०६:१६ मा प्रकाशित ( ११ घण्टा अघि) ११७९ पटक पढिएको
नारी बाटिका


नेपालगञ्ज -१९ असार ।

नेपालगञ्जमा रहेको कर्णाली विकास बैंक घोटाला प्रकरणमा पशुपति दयाल मिश्रलाई प्रहरीले बुधवार पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले धम्बोझी चोकबाट मिश्रलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय, बाँकेको हिरासतमा लिएको सिआइबीका प्रहरी उपरीक्षक तथा प्रवक्ता युवराज खड्काले जानकारी दि।नु भयो

सूचना अधिकारी खड्काका अनुसार उनलाई “बैंकको रकम घोटला प्रकरणमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो। विसं २०६६ देखि ०७५ सम्म बैंकको अध्यक्ष रहेका मिश्र अहिले नेकपा ९एमाले० का केन्द्रीय सदस्य हुन्।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा बाँके क्षेत्र नं २ बाट उम्मेदवार बनेका मिश्र स्वतन्त्र राजनीतिक समूहबाट सूर्य चुनाव चिह्न पाइ प्रतिस्पर्धामा उत्रिएका भएपनि पराजित भएका थिए। त्यसको केही समयपछि उनी एमालेमा प्रवेश गरेका थिए।

मिश्रसँगै उक्त बैंकको ठगी प्रकरणमा पक्राउ पर्नेहरु तीनजना छन्। यसअघि तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी र बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पनि पक्राउ परिसकेका छन्।

उनीहरुविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुरमा नेपाल राष्ट्र बैंकको समन्वयमा अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ। उक्त बैंकमा अहिलेसम्म दुई अर्ब ५० करोड हिनामिना भएको उजुरी परेको थियो।

बैंकबाट रकम घोटला भएको बाहिरिएपछी सञ्चालक समितिका अध्यक्ष डा ओमप्रकाश मिश्रको संयोजकत्वमा विशेष छानबिन समिति गठन भएसंगै उक्त बैंकको ठूलो रकम घोटाला भएको निष्कर्ष निकालेको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस