आज: २०८३ आश्विन ३०, शुक्रबार | Fri, 16, Oct, 2026

साथीको कुटपिटबाट घाइते दुई किशोरको मृत्यु

२०८२ अषाढ १९, बिहिबार मा प्रकाशित ( १ साल अघि) ८१५४ पटक पढिएको
नारी बाटिका


झापा १९ असार ।

झापामा साथीको कुटपिटबाट दुई  किशोरको मृत्यु भएको छ।

मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका– ९ बस्ने १९ वर्षीय रोमन थापा र १५ वर्षीय आदित्य तामाङको साथीको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ।
उनीहरुलाई एकसाता अघि असार ११ गते कुटपिट भएको थियो। साथीको कुटपिटबाट दुवैजना घाइते भएका थिए।

उक्त घडनाबाट उनीहरु गम्भिर घाईते भएपछी उपचारको क्रममा किशोरहरु शनिबार थापाको र बुधबार तामाङको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कुटपिटमा संलग्न रहेको आङ्शकामा ६ जना किशोरहरुलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

उनीहरु सबै १६ वर्षभन्दा कम उमेर समूहका रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख राजन लिम्बुले जनाउनु भयो । इलाका प्रहरी कार्यालय झिलझिलेमा उजुरी परेपछि उनीहरूलाई पक्राउ परेका हन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑