आज:  | Sat, 05, Jul, 2025

सुत्केरीको मृत्यु भएपछी आन्दोलित आफन्तले चिकित्सकमाथि हातपात

२१ असार २०८२, शनिबार ०६:२९ मा प्रकाशित ( ९ घण्टा अघि) ११७९ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

दाङ -२१ असार ।

दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान(राप्ती अस्पताल)मा सुत्केरीको मृत्यु भएपछि आफन्तले आन्दोलन गरी चिकित्सकमाथि हातपात गरेका छन्।

घोराही उपमहानगरपालिका–१८ मसिना ब्रह्मचारी टोल निवासी २१ वर्षकी गुड्डी सुनारलाई सुत्केरी व्यथा लागेर सुत्रबार बिहान ४ बजे प्रतिष्ठानमा ल्याइपछी चिकित्सकले १० बजेसम्म सामान्य डेलिभरी हुने बताइए थिए ।

केही बेरपछी त्यो समयमा पनि सुत्केरी नभएपछि शल्यक्रियामार्फत चिकित्सकले सुत्केरी गराएका थिए । बच्चा जन्मिएको केही बेरपछी सुत्केरीको मृत्यु भएको थियो। शल्यक्रिया मार्फत छोरीको जन्म भएको तर केही समयपछि सुत्केरीको मृत्यु भएसंगै चिकित्सकको कमजोरी भएको आफन्तहरुको आरोप लगाएका छन्।

उनीहरुले अस्पतालको ‘अपरेशन वार्ड’मा प्रवेश गरी चिकित्सक माथि हातपात गरेको अस्पताल प्रशासनले जनाएको छ। मृतकका ससुरा महाबीर सुनारले आफ्नो माइली बुहारीको मृत्यु चिकित्सकको लापरबाहीका कारण भएकाले न्याय नपाएसम्म शव नउठाउने बताएका छन्।

अस्पतालमा नवजात शिशुको उपचारसहित क्षतिपूर्तिको व्यवस्था हुनुपर्ने मृतकका परिवारको अडान छ। प्रतिष्ठानका निर्देशक डा जनार्दन पन्थीले सुत्केरीको मृत्युबारे जानकारी लिने काम भइरहेको र वस्तुगत यथार्थ बारे पछि जानकारी गराउने जनाएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस