आज: २०८२ माघ ८, बिहिबार | Thu, 22, Jan, 2026

आज यी प्रदेशका धेरै जसो स्थानमा भारी वर्षाको सम्भावना

२०८२ अषाढ २१, शनिबार मा प्रकाशित ( ६ महिना अघि) ८०९२ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौँ- २१ असार ।

हाल देशमा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ। जसको प्रभावले हाल देशभर साधरणतया मौसम बदली भएको अवस्था छ।

मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका एक दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ भने कोशी र बागमती प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाएको छ।

त्यस्तै शनिबार कोशी, बागमती, गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानमा र बाँकी प्रदेशका उच्चपहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षासहित हिमपातको सम्भावना रहेको छ।

साथै आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै जसो स्थान तथा बाँकी प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारीसमम् वर्षाको पनि सम्भावना छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस