
नारी बाटिका
नारी वाटिका संवाददाता
धादिङ -२१ असार ।
धादिङको निलकण्ठ नगरपालिका तथा सिद्धलेकका दुई युवाहरु ६ किलो ६ सय ग्राम लागु औषध (गाँजा)सहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धादिङको निलकण्ठ नगरपालिका ७ बस्ने वर्ष ३० का प्रकाश पोख्रेल ऐं सिद्धलेक १ बस्ने वर्ष २६ का रोशन भट्ट रहेका छन् । उनीहरु यही असार१९ गते राति करिव १ः३० बजेको समयमा जोगिमारा प्रहरी चौकीबाट खटिएको प्रहरीको टोलिले विशेष सुचनाको आधारमा धादिङको बेनिघाट रोराङ गाउँपालिका ९ मझिमटारस्थित पृथ्वी राजमार्ग सडक खण्डमा पक्राउ परेका हुन् ।
उनीहरुलाई उत्त स्थानमा सवारी साधनहरु रोकी चेकजाँच गर्ने क्रममा काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको यात्रु बाहक बसलाई रोकी जाँच गर्दा सोही बसमा सवार यात्रुहरु मध्य पोख्भरेल र भट्टले ६ किला ६ सय ग्राम लागु औषध(गाँजा) जस्तो देखिने बस्तु लुकाई छिपाई लाँदै गरेको अवस्थामा फेला पारेको हो ।
उनीहरुले बिक्री गर्न लाँदै गरेका उक्त लागु औषध (गाँजा)सहित दुबैजनालाई पक्राउ गरी निजहरुलाई कानुन बमोजिम कारबाहीको लागी धादिङ जिल्ला अदालतबाट सात दिनको म्याद थप भई निजहरुलाई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय धादिङका प्रवत्ता तथा प्रहरी नायव उपरिक्षक सुवास हमालले जानकारी दिनु भयो ।
उक्त स्थ








प्रतिक्रिया दिनुहोस