आज: २०८२ पौष २७, आईतबार | Sun, 11, Jan, 2026

टेक्सासमा विनाशकारी बाढीले मृत्यु हुने २५ पुग्यो,संख्या अझै बड्न सक्ने आँकलन

२०८२ अषाढ २१, शनिबार मा प्रकाशित ( ६ महिना अघि) ६४८० पटक पढिएको
नारी बाटिका


एजेन्स

अमेरिकामा टेक्सास राज्यको दक्षिण–मध्य क्षेत्रमा आएको बाढीले मृत्यु हुनेको संख्या २५ पुगेको छ। शुक्रबार बिहान अचानक आएको बाडीमा परी ग्वाडालुपे नदीको किनारमा रहेको एक ग्रीष्मकालीन बाल शिविरमा सहभागी भएका २३ भन्दा बढी बालिकाहरू अझै सम्पर्कमा आउन सकेका छैनन्।

केर जिल्लाका शेरिफ ल्यारी लाइथाले पत्रकार सम्मेलन गरी जानकारी दिए अनुसार, थप व्यक्तिहरू हराइरहेका हुन सक्ने भएकाले मृतकको सङ्ख्या अझ बढ्न सक्ने सम्भावना रहेको बताए। टेक्सास राज्यका उपराज्य प्रमुख ड्यान प्याट्रिकका अनुसार, मृत्यु हुनेहरूमा केही बालबालिका पनि परेको बताइएको छ ।

शिविरका प्रमुखले सन्देश पठाउम्दै बाढीका कारण त्यहाँ पानी, विद्युत् तथा सञ्चार सेवा पूर्णरूपमा अवरुद्ध भएको छ। हाल बाढीबाट प्रभावित क्षेत्रमा ठूलो सङ्ख्यामा उद्धारकर्मी परिचालन गरिएको छ। उद्धारकका लागी सयौँ सुरक्षाकर्मी तथा दर्जनौँ उड्ने साधनको माध्यमबाट उद्धार कार्य जारी छ।

थप घटना हुन नदिनस्थानीय प्रशासनले बाढी प्रभावित क्षेत्रमा नजान सबै नागरिकलाई अनुरोध गरेको छ । बाढीका कारण धेरै सडकहरू अवरुद्ध अवस्थामा छन्। हालका वर्षहरूमा मानवनिर्मित जलवायु परिवर्तनका कारण अत्यधिक वर्षा,बाढी, खडेरी, आँधी र गर्मीका लहरहरू बारम्बार र तीव्र रुपमा देखिन थालेका विज्ञहरूले बताएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस