आज: २०८२ आश्विन १, बुधबार | Wed, 17, Sep, 2025

हरिशयनी एकादशी आज घर घरमा तुलसी रोपेर पुजा आरधना गरिँदै

२०८२ अषाढ २२, आईतबार मा प्रकाशित ( २ महिना अघि) ५३६४ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
धादिङ –  २२ असार ।

आज आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशी। आइतबार सनातन धर्मावलम्बी भक्तजनले घर घरको आँगन,कौशी तथा अर्थात घरको मुल ढोकाको दाहिने पारेर तुलसी रोपण गरी भगवान विष्णुको पुजा आरधना गर्दैछन्।

आज सारिने तुलसीको विरुवा भने एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिन राखिएको दलबाट तयार भएको तुलसीको बिरुवा हरिशयनी एकादशीका दिन आज सार्ने परम्परा छ। तुलसीको उपयोग आयुर्वेदिक औषधिका रूपमा समेत लिने गरिन्छ।

आषाढ शुक्ल एकादशी अर्थात आजका दिन रोपिएको तुलसी भगवान् विष्णु र विष्णुप्रियाका रुपमा चार महिनासम्म पूजा गरी तुलसीको मठमा दियो बालेर राख्ने परम्परा छ। यो अवधिलाई चतुर्मास भनिन्छ। कार्तिक शुक्ल (हरिबोधिनी) एकादशीमा तुलसी विवाह गरेपछि त्यसै पूर्णिमामा चतुर्मास सम्पन्न हुने धर्मशास्त्री प्राडा देवमणि भट्टराई बताउनु हुन्छ।

आजैका तिथि ,आषाढ शुक्ल एकादशीदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्ने धार्मिक मान्यता अनुसार चार महिनासम्म विशेष मांगलिक कार्य गरिँदैन। यो अवधिमा भगवान् विष्णुसँग सम्बन्धित व्रत(उपवास र पूजापाठलाई विशेष महत्त्व रहन्छ।

एक वर्षमा २४ एकादशी पर्छ । यसमध्ये हरिशयनी र हरिबोधिनी एकादशीलाई विशेष महत्त्वको रुपमा लिईन्छ। वैष्णव धर्म लिएकाहरूले एकादशीलाई विशेष महत्त्व दिए पनि स्मृति मान्नेहरूले यसलाई सामान्य किसिमले मनाउँछन्।

साथै आज(आइतबार) ३८ घडी ३३ पला अर्थात् बेलुकी ८ बजेर ४० मिनेटसम्म एकादशी तिथि रहेको यस वर्षको पञ्चांगमा उल्लेख गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस