
नारी बाटिका
भोजपुर -२२ असार ।
भोजपुरको रामप्रसादराई गाउँमा ज्वाईँले आफ्नै श्रीमतीसहित सासु,ससुरा र साला गरी ४ जनाको विभत्स हत्या गरेका छन् । रामप्रसादराई गाउँपालिका–२ धोद्लेखानीमा ज्वाईँले श्रीमतीसहित ससुरालीमा एकै परिवारका चार जनाको विभत्स हत्या गरेका हुन् ।
प्रहरीलेको जानकारी अनुसार भोजपुर नगरपालिका–२ घर भएका राजेन्द्र राईले ससुरालीमा गई १५ वर्षीया श्रीमती मनिषा गिरी, ससुरा बेलबहादुर गिरी, सासू मञ्जु गिरी र ९ वर्षीय सालो सपन गिरीको हत्या गरेका हुन्।
प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा श्रीमती मनिषालाई लिन ससुरालीमा जाँदा भएको विवादमा सासूले छुरा हानेको आरोप लागेपछि आक्रोशमा आएर उनले सबैको ज्यान लिएको बयान दिएका छन्।








प्रतिक्रिया दिनुहोस