आज: २०८२ माघ ८, बिहिबार | Thu, 22, Jan, 2026

सहकारी नियमन प्राधिकरणको अध्यक्षमा तीन जनाको नाम सिफारिस

२०८२ अषाढ २३, सोमबार मा प्रकाशित ( ६ महिना अघि) ८४६४ पटक पढिएको
नारी बाटिका


काठमाडौं -२३ असार।

सरकारले  व्यवस्था गर्न लागिएको राष्ट्रिय सहकारी नियमनका लागी सहकारी प्राधिकरण गठन गरेको छ । उक्त सहकारी प्राधिकरण व्यवस्थापन समिती अध्यक्षका लागि ३ जनाको नाम सिफारिस भएको छ।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा गठित सिफारिस समितिले प्राधिकरणको अध्यक्षान अर्जुनप्रसाद पोखरेल, नारायण पौडेल र डाक्टर खगराज शर्माको नाम सिफारिस गरी पठाएको हो।

मन्त्रिपरिषद्को बैठकले तिन जनामध्ये १ जनालाई राष्ट्रिय सहकारी नियमन प्राधिकरण अध्यक्षमा नियुक्त हुनेछन्। क्याबिनेट बैठक आज बस्दैछ। आज साँझ बस्नै बैठकले सम्भवतः तिनजना मध्येबाट एकजनाको नाम सिफारिस गर्ने संम्भावना छ।

सिफारिस भएका अर्जुनप्रसाद पोखरेल भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिवबाट अवकाश भएका व्यक्ति हुन्। सहकारी नियमन प्राधिकरणको अध्यक्ष पदका लागी उनको निकै संम्भावना रहेको बुझिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस