आज: २०८३ श्रावण २९, शुक्रबार | Fri, 14, Aug, 2026

वडाध्यक्ष यादवलाई तीन लाख घुससहित अख्तियारले नियन्त्रणमा लियो

२०८२ अषाढ २४, मंगलबार मा प्रकाशित ( १ साल अघि) ७२२४ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
रूपन्देही – २४ असार ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले रूपन्देहीको मर्चवारी गाउँपालिका–३ का वडाध्यक्ष जनार्दन यादवलाई पक्राउ गरेको छ ।

वडाध्यक्ष यादवसहित सिद्धार्थनगर नगरपालिका–९ स्थित श्री गणेश ट्रेडिङका सञ्चालक विपीनकुमार पाण्डेयलाई पजि पक्राउ गरेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

यादवले वडामा सञ्चालित विभिन्न योजनाको भुक्तानी सिफारिसका लागि वडाध्यक्ष यादवले कमिसन माग्ने गरेका थिए। सोही क्रममा विपीनकुमार पाण्डेयमार्फत् तीन लाख रुपैयाँ लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको पौडेलले बताए।

तीन लाख घुसको रकमसहित पक्राउ परेका हुन्। दुवैजनालाई नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको प्रवक्ता पौडेलले बताए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस