आज: २०८३ श्रावण १२, मंगलबार | Tue, 28, Jul, 2026

बाढीले ७ जनाको शव फेला,अझै१८जना सम्पर्क विहीन अवस्थामा

२०८२ अषाढ २४, मंगलबार मा प्रकाशित ( १ साल अघि) १२०६० पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

रसुवा -२४ असार ।

रसुवा जिल्लाको लेन्दे नदीमा आएको बाढीको कारण ७ जनाको शव फेला परेको छ। प्रहरीको तथ्यांक अनुसार अझै १८ जना सम्पर्क विहीन अवस्थामा छन्। वेपत्ता भएकामध्ये ३ जना प्रहरी कर्मचारी, ६ जना चिनियाँ नागरिक र ९ जना सर्वसाधारण रहेको बताइएको छ ।

साथै बाढी पहिरोमा फसेका ५५ जनाको उद्धार गरिएको छ । गोसाइँकुण्ड गाउँपालिका वडा १,२ र ३,आमाछोदिङ्मो गाउँपालिका वडा १,२,४ र ५,उत्तरगया गाउँपालिका वडा नं.२,४ र ५ तथा कालिका गाउँपालिका वडा १ का लगायत आसपासका क्षेत्रहरु बढी प्रभावित भएको छ।

हालसम्मको विवरण अनुसार नेपाल र चीन नाका जोड्ने मितेरी पुल बगाएको छ। इभी चार्जिङ स्टेशनमा क्षति, ७। ८ वटा इभी गाडी बगाएको प्रहरीले जनाएको छ। यसका साथै भन्सार कार्यालय रसुवा, रसुवागढी हाइड्रोपावरको ड्याममा समेत क्षति पुगेको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस