आज:  | Wed, 09, Jul, 2025

म्याग्दीमा लुक्सीपारको पहिरोमा पुरिएर बाबुछोरा बेपत्ता, खोजी जारी

२५ असार २०८२, बुधबार १८:२० मा प्रकाशित ( ९ घण्टा अघि) ११७९ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

म्याग्दी २४ असार ।

म्याग्दीको मालिका गाउँपालिका–३, लुक्सीपारमा घाँस काट्न गएका बाबुछोरा पहिरोमा परेर बेपत्ता भएका छन् । आज दिउँसो घर नजिकै पश्चिम म्याग्दीको लुक्सीपारस्थित बारीमा घाँस काट्न एकैघरका बाबुछोरा एक्कासी माथिबाट आएको पहिरोमा परेर वेपत्ता भएका हुन् ।

वेपत्ता हुनेमा ३५ वर्षीय बाबु जगेन्द्र विक र १२ वर्षीय छोरा सरोज विक भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । केही दिनदेखीको अविरल वर्षाका कारण लुक्सीपारमा माथिबाट खसेको पहिरोले पुरिएर दुबैजना बेपत्ता भएको म्याग्दीका प्रहरीले जनाएको छ ।

पहिरोले पुर्याएको क्षति र मानिस वेपत्ता भएको घटनाको विषयमा थप जानकारी आउन बाँकी रहेको छ भने प्रहरीका अनुसार घटनास्थलमा इलाका प्रहरी कार्यालय दरबाङबाट प्रहरी निरीक्षक सोमदास ढकालको नेतृत्वमा प्रहरीको टोलीलाई घटनास्थल पठाइएको े छ ।

वेपत्ता भएकाहरूको प्रहरी,स्थानीयवासी र जनप्रतिनिधिले समेत खोजी जारी छ । जल तथा मौसम विज्ञान विभागको म्याग्दीको दरबाङस्थित वर्षा मापन केन्द्रका अनुसार बुधवार बिहान ६ बजेदेखि मालिका गाउँपालिका क्षेत्रमा भारी वर्षा भैरहेको छ ।

त्यस्तै आज दिउँसो २ बजेसम्म मालिका गाउँपालिका ६ दरबाङ क्षेत्रमा १ सय १५ मिली लिटर वर्षा मापन गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस