आज:  | Wed, 09, Jul, 2025

धार्के सितापाईलामा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा दुइ घाइते

२५ असार २०८२, बुधबार १९:३३ मा प्रकाशित ( ७ घण्टा अघि) १३३४ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ -२४ असार ।

धादिङको धुनिवेशी ५ बद्रिटार स्थित धार्के(सितापाईलामा छत्रेपाटीबाट धार्के तर्फ जादै गरेको बा.७८ प.६९२ नं.को मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिदाँ दुइजना घाईते भएका छन् ।

उक्त मोटरसाइकलले उनीहरुलाई ठक्कर दिदाँ पैदल यात्रीहरु धादिङको धुनिवेशी नगरपालिका ५ बद्रिटार बस्ने वर्ष २४ को सुदिप भेटवाल,र निजको छोरा वर्ष ५ को सुबिर भेटवाल, घाइते भएका हुनु ।

घटनापछी घाईते बाबुछोरा दुवैलाई उपचारको लागी काठमाण्डौ पठाईएको, थियो । घाईतेको उद्धारका घटना स्थलमा प्रहरीचौकी जिवनपुरबाट प्र.ह कृष्ण कमरको कमाण्डमा टोली खटी गएको र मोटरसाइकल भने जिवनपुर प्रहरी चौकीको नियन्त्रणमा रहेको, जिवनपुर प्रहरीचौकीले जानकारी दिएको छ ।

मोटरसाइकल चालक(धादिङको धुनिवेशी नगरपालिका ७ बस्ने वर्ष १९ को सोम्जेङ तामाङ, रहेका छन् । साथै सोही मोटरसाइकलको पछाडी सवार ऐऐ. बस्ने वर्ष २२ को बिजय तामाङ, र ऐ.ऐ.बस्ने वर्ष २२ को टेक ब।चेपाङ समेत सामान्य घाईते भएका थिए । चालक र उनीहरुलाई सामान्य उपचारपछी डिस्चार्ज भएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस