आज: २०८२ आश्विन १, बुधबार | Wed, 17, Sep, 2025

त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

२०८२ अषाढ २६, बिहिबार मा प्रकाशित ( २ महिना अघि) ४५८९ पटक पढिएको
नारी बाटिका


चितवन २५ असार ।

चितवन जिल्लाको इच्छाकामना गाउँपालिका–६ कालिखोला स्थित त्रिशूली नदी किनारमा आज एक पुरुषको शव फेला परेको छ।

उक्त शसको केही अङ्ग नभएको अवस्थामा अन्दाजी ४५ ५० वर्षको देखिने शव फेला परेको प्रहरीले जनाएको हो। साथै शवको पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्द पुरीले जानकारी दिनु भयो।

प्रारम्भिक रुपमा गत मङ्गलबार रसुवामा आएको बाढीले बेपत्ता पारेको व्यक्तिको उक्त शव हुन सक्ने अनुमान गरिएको छ। शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस