आज:  | Fri, 11, Jul, 2025

युट्युबले कडा नीति अपनाउँदै,एआई भिडियोलाई जुलाई १५ देखि हटाउने तयारीमा

२७ असार २०८२, शुक्रबार ०६:५७ मा प्रकाशित ( १३ घण्टा अघि) १३९६ पटक पढिएको
नारी बाटिका


एजेन्सी ।

युट्युबले यही जुलाई १५ देखि आफनो मोनेटाइजेसन नीति कडा बनाउँदैछ । यसका लागी नयाँ नियम बनाउँदै र अब कम मेहनतमा बनाइएका, ठूलो संख्यामा उत्पादन गरिएका र अप्रामाणिक सामाग्रीहरू युट्युब पार्टनर प्रोग्राम (वाईपीपी) अन्तर्गत आम्दानी गर्न अयोग्य सावित गर्न लागेको हो ।

विशेषगरी जेनरेटिभ एआई प्रयोग गरी बनाइएका सामग्रीहरूलाई लक्षित गरिएको छ भने एआई आवाज, टेम्प्लेटबाट बनेका भिडियोहरू वा अन्य सर्जकहरूको कामको नक्कल गरेर बनाइएका भिडियोलाई समेटिने बताएको छ ।

जसको लागी युट्युबले “मास प्रोड्युस्ड” र “रिपिटीसीयुस” सामग्रीविरुद्ध कडाइ गर्दै यस्ता सामग्रीको मोनेटाइजेसन रोक्ने निर्णय लिएको हो । नयाँ नीति अनुसार – एउटै ढाँचाबाट तयार पारिएका सामग्रीहरू, न्यूनतम मानव सहभागिता भएको एआई–निर्मित सामग्री,मिल्दाजुल्दा भिडियोहरू धेरै संख्यामा भिडियो अपलोड गर्ने च्यानलहरू, अरूको मौलिक कामलाई सतहीमा परिवर्तन गरेका सामग्रीहरु रहने छन् ।

युट्युबले एआई–सहायता प्राप्त सामग्रीको प्रवाहले युट्युबमा गुणस्तर र विश्वसनीयतामा असर पारेको देखिएकोले यस्तो निर्णय लिएको हो । एआई–निर्मित क्राइम स्टोरीहरू, नक्कली समाचार र युट्युबका सीईओ नील मोहनकै डीप फेक भिडियोहरू पनि युट्युबमै देखिन थालेकाले पनि नयाँ निति लागु गर्न लागिएको हो ।

साथै पछिःल्लो समयमा अपलोड हुने गरेका मनलाग्दी खालको मस्याले युट्युबको ब्रान्ड र विश्वसनियतामाथि नै नकारात्मक प्रभाव पारिरहेको भन्दै कम्पनीले नीति कडाइ गर्न लागेको हो ।

युट्युबका हेड अफ एडिटोरियल एन्ड क्रिएटर लिआइजन रेने रिचीका अनुसार यो “सानो अद्यावधिक” मात्र हो । उनले यी विषयहरूमा स्पष्ट पारेका छन्
नीति रिएक्सन भिडियो वा क्लिप प्रयोग विरुद्ध होइन । उनको भनाई छ ,स्पामजस्ता सामग्रीहरू पहिले नै अयोग्य थिए

यसको प्रभाव गहिरो हुन सक्ने विश्लेषकहरुले गरेका छन्। यो नीतिलाई भविष्यमा एआई नियमन कडा हुने संकेतको रूपमा पनि हेरिएको छ । अब उपान्त युट्युबले मौलिक, विश्वास गर्न लायक र मानवीय श्रममा आधारित सामग्रीहरूलाई मात्र प्रोत्साहन गर्न सक्नेछ । ज

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस