आज: २०८२ आश्विन १, बुधबार | Wed, 17, Sep, 2025

यात्रु बोकेको जिप हुंदा चालकसहित दुई जनाको ज्यान गयो

२०८२ अषाढ २८, शनिबार मा प्रकाशित ( २ महिना अघि) ४३४१ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

बैतडी -२८ असार ।

बैतडीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । साथै ६ जना घाइते भएका छन्। पाटन नगरपालिका–६ स्थित खिपाली मोडमा आज बिहान उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा डिलासैनी गाउँपालिका–१ का २४ वर्षीय चालक सन्तोषबहादुर राना र ३२ वर्षीय किरण चौधरीको उपचारका क्रममा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा निधन भएको छ।

सोही दुर्घटनामा दुर्घटनामा घाइते भएका अन्य ६ जनामध्ये कमला धामी र राजेन्द्र खत्रीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाईतेहरूलाई डडेल्धुरा अस्पताल रिफर गरिएको छ।

शनिबार विहान धनगढीबाट गोकुलेश्वर तर्फ जाँदै गरेको सुप–प्र ०१००१ ज १३७२ नम्बरको जिप करिब ७० मिटर सडकबाट तल खसेको थियो। दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस