
नारी बाटिका
नारी वाटिका संवाददाता
धादिङ -२८ असार ।
नेपाली कांग्रेस धादिङका पूर्वसभापति, क्रान्तिकारी नेता तथा पार्टीका खम्बा; भरतप्रसाद उप्रेतीको निधन भएको छ ।
उहाँको आज शनिबार दिउँसो २ः३० बजे निजामती कर्मचारी (सिभिल)अस्पताल, मीनभवन, बानेश्वरमा उपचारको क्रममा मृत्यु भएको हो । ९७ वर्षको उमेरमा नेता उप्रेतीको स्वर्गारोहण भएको नेपाली काँग्रेस जिल्ला कार्यसमिति धादिङका सचिव विकास श्रेष्ठले जानकारी दिनु भमयो ।
उहाँको पार्थिव शरीरको अन्तेष्टी आज साँझ पशुपति, आर्यघाटमा पार्टीका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा गरिने तय गरिएको छ ।
पार्टीका नेता तथा सदस्यहरू र शुभचिन्तकहरूलाई उहाँको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न उक्त समय र स्थानमा उपस्थितिका लागि नेपाली कांग्रेस धादिङ अनुरोध गरेको छ ।
नेपाली काँग्रेस धादिङको १ बलियो खम्बा तथा पिलरको रुपमा स्थाथापित नेता उपे्रतीको निधनले सिंगा काँगे्रसलाई ठुलो क्षति पुगेको महसुश गरिएको छ ।








प्रतिक्रिया दिनुहोस