आज: २०८२ आश्विन १, बुधबार | Wed, 17, Sep, 2025

देशभर मनसुनी वर्षा,बाढी–पहिरोको जोखिम रहेकोले सतर्कता अपनाउन अनुरोध

२०८२ अषाढ २९, आईतबार मा प्रकाशित ( २ महिना अघि) ४९९२ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
काठमाडौं २९ असार।

हाल देशभर मनसुनी वायु सक्रिय रहेको अवस्था छ । आइतबार देशभर सामान्य बदली रहनेछ भने देशको अधिकांश प्रदेशमा मेघगर्जन,चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज कोशी,बागमती,गण्डकी र कर्णाली प्रदेश लगायतका केही स्थानहरूमा भारी वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना छ। भारीले वर्षाले बाढी, पहिरो, डुबान तथा गेग्रान बहावको जोखिम बढ्ने भएकाले सतर्कता अपनाई जोखिम देखिएका क्षेत्रमा सम्बन्धित निकायलाई जानकारी गराउन पनि अनुरोध गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस