
नारी बाटिका
काठमाडौं -३० असार।
हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको अवस्था छ । जसका कारण देशका अधिकांश प्रदेशहरूमा बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अहिले कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत पहाडी भेगमा सामान्यतया बदली रहेको छ । साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आज(सोमबार) कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुन सक्नेछ। कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
साथै उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना छ। संभावित वर्षाका कारण भूक्षय, बाढी, पहिरो र डुबानको जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।








प्रतिक्रिया दिनुहोस