आज:  | Mon, 14, Jul, 2025

अब नेपाल मै ३७ प्रकारका क्यान्सर उपचारको औषधि निःशुल्क पाईने

३० असार २०८२, सोमबार ०६:५७ मा प्रकाशित ( १0 घण्टा अघि) १६७५ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौँ ३० असार।

क्यान्सर उपचारमा प्रयोग हुने दुर्लभ र अत्यावश्यक औषधि अब नेपालमा स्वास्थ्य मन्त्रालयले निःशुल्क उपलब्ध गराउने भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले क्यान्सर रोगका ३७ प्रकारका औषधी अब निःशुल्क उपलब्ध गराइने जानकारी दिनु भएको हो ।

गरिव तथा असहाय वर्गले नेपालमा यस दवाई उपलब्ध नहुने भएकाले विदेशमा उपचार गर्न जान नसक्नेहरुले मृत्युमा मुखमा पुग्न वाध्यता थियो भने सक्ने वर्गले पनि क्यान्सरको उपचार गर्न विदेश मै जानुपर्ने समस्या समाधान गर्न अन्तर्राष्ट्रिय च्यारिटी डाइरेक्ट रिलिफले ३७ प्रकारका औषधी मन्त्री पौडेल कै पहलमा सहयोग गर्ने प्रतिबद्धता जनाए अनुसार पहिलो चरणको औद्यषि नेपाल आइपुगेको मन्त्री पौडेलले बताउनु भयो ।ु

यसअघि मन्त्री पौडेलले त्यस्ता औषधी प्राप्त गरेर सरकारी अस्पतालमा निःशुल्क उपलब्ध गराउने निर्णय गरिसक्नु भएको थियो ।

डाइरेक्ट रिलिफले वन हर्ट वल्र्डवाइड संस्थामार्फत नेपाल सरकारलाई पठाएको सहयोग हस्तान्तरणका लागि आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले औषधी अभावमा विदेश गएर महंगो खर्च गनुपर्ने बिरामीको समस्या कम गर्न लामो मेहनत गरिएपछि सफलता प्राप्त गरेको बताउनु भयो ।

क्यान्सर उपचारको लागी डाइरेक्ट रिलिफले स्तन, छाला तथा विभिन्न खालका क्यान्सर उपचारमा आवश्यक पर्ने दुर्लभ र महंगा ती औषधी नेपालको आवश्यकता अनुसार ५ वर्षसम्म सहयोग स्वरुप उपलब्ध हुने मन्त्री पौडेलले जानकारी दिनु भएको छ ।

‘क्यान्सरको औषधि महँगो हुँदा विपन्न नागरिकलाई समस्या छ,’ मन्त्री पौडेलले भने,‘राज्यको लगानी बीना नै धेरै नागरिकलाई राहत दिने प्रयास गर्नु भएको छ । उहाँले भन्नु भयो हाल ३७ प्रकारका औषधी क्रमैसँग आउने भए पनि अरु आवश्यक औषधी समेत सहयोगमा प्राप्त गर्न प्रयास गरिने छ ।

यसका लागी सुची थप गरेर धेरै नागरिकलाई अझ राहत दिन प्रयत्न गर्नेछौं,’ मन्त्री पौडेलले भन्नु भयो । मन्त्रालयको समन्वय महाशाखा प्रमुख डा.भीम सापकोटाले ५ वर्षसम्म नेपालको आवश्यकता अनुसार औषधी प्राप्त गर्ने गरी समझदारी भएकोमा अब उपान्त क्यान्सर रोग लागेकाका लागी उपचारको लागी सहज हुने बताउनु भयो ।

स्तन क्यान्सर, प्लाक सोरियासिस, अल्जाइमर आदि स्वास्थ्य समस्यामा प्रयोग हुने यी औषधि र स्वास्थ्य सामग्रीहरू यी चार अस्पतालहरूमा क्यान्सरका बिरामीहरूलाई निःशुल्क रुपमा उपलब्ध गराइने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।

मन्त्रालयलाई हस्तान्तरण गरिएका औषधी र स्वास्थ्य सामाग्रीहरु आईतबार नै क्यान्सर उपचारमा संलग्न चार अस्पतालहरु बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर, शुशिल कोइराला प्रखर क्यान्सर अस्पताल, बाँके, वीर अस्पताल, काठमाण्डौलाई हस्तान्तरण गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस