आज:  | Tue, 15, Jul, 2025

दुबईमा अलपत्र परेका पाँच नेपाली युवाको उद्दार

३१ असार २०८२, मंगलवार ०४:१३ मा प्रकाशित ( ११ घण्टा अघि) ६८३ पटक पढिएको
नारी बाटिका


काठमाडौं -३१ असार।

दुबईमा अलपत्र परेका पाँच नेपाली युवाको उद्धार भएको छ ।

सरोकार केन्द्र नेपालको समन्वयमा मिस्टर गुरुङ एन्ड रेस्क्यु टिम, दुबईले उद्दार गरी सोमबार नेपाल फर्काउन सहयोग गरेका हुन् । उद्दार गरिएका युवाहरुमा शिवम थापा मगर, दिपेन्द्र कार्की, विशाल कोली, छकबहादुर थापा र सोमबहादुर थापा रहेका छन्।

समस्यामा परेकाहरुमध्ये चार जना तीन महिना अघि Shan AB International नामक म्यानपावर कम्पनीमार्फत गएका र एक जना Link International मार्फत एक महिनाअघि दुबई पुगेका थिए। उनीहरू सबैले लेबर भिसामा जनही १ लाख ८० हजार रुपैयाँ बुझाएर रोजगारका लागि दुबई गएका थिए।

तर,सम्झौता अनुसार काम दिनु पर्ने कम्पनीले तोके अनुसारको तलब तथा सेवा नदिएको र पीडितहरूले गुनासो राखेपछि उल्टै कुटपिट गरी कामबाट निकालिएको पिडितहरुले गुनासो गरेका छन् । त्यसपछि उनीहरू कामबाट निकालिएपछी सडकमा अलपत्र परेका बताइएको छ।

पीडितहरूले मिस्टर गुरुङ एन्ड रेस्क्यु टिमसँग सम्पर्क गरी उद्दारका लागि आग्रह गरेपछि उनीहरूलाई ३३ दिनसम्म सेफ हाउसमा राखी सरोकार केन्द्र नेपालको पहलमा नेपाल पठाईको हो।

पछिल्ला समयमा सरोकार केन्द्र नेपाल र मिस्टर गुरुङ एन्ड रेस्क्यु टिम, दुबईको सयुक्त पहलमा अलपत्र परेका नेपालीहरूको समस्यामा सहयोग पुर्याउने गरेको छ । उक्त संस्थाले पछिल्लो दुई हप्तामा मात्र १० जना नेपालीको उद्दार गरेको जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस