आज:  | Wed, 16, Jul, 2025

स्पेन भ्रमणबारे छानबिन गर्न सिआइबीका बोगटीको नेतृत्वमा समिति गठन

३१ असार २०८२, मंगलवार १८:२८ मा प्रकाशित ( २२ घण्टा अघि) १५५१ पटक पढिएको
नारी बाटिका


काठमाडौँ ३१ असार।

प्रधानमन्त्री केपी शर्मा वलीको साथमा भिजिट भिसामा स्पेन भ्रमणमा गएर नफर्किएकाहरूबारे छानबिन गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले प्रहरी वरिष्ठ उपरीक्षक होबिन्द्र बोगटीको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको छ।

सिआइबी र मानब बेचबिखन अनुसन्धान ब्युरोका सदस्यहरूसमेत रहेको समिति बनाइएको हो। एसएसपी बोगटीले समिति गठन भएसँगै काम सुरू भइसकेको बताउनु भयो ।

सोमबार गृहमन्त्री रमेश लेखकले गृहसचिव गोकर्णमणि दुवाडी र आइजिपी दीपक थापालाई यसको छानबिन गर्न निर्देशन दिनु भएको थियो। उक्त समयमा स्पेन भ्रमणमा गएका सरकारी प्रतिनिधि मण्डलबाहेकको टोलीसमेत रहेको विषयले अहिले निकै चर्चा पाएको छ ।

, उनीहरु कसरी र कुन संस्थामार्फत गए ?, भिसा लगायतका प्रक्रिया तथा प्रबन्ध कसले गर्‍यो ? कसको समन्वयमा गए ? भन्ने बारेमा छानबिन गर्न निर्देशन दिनु भएको हो। केन्द्रीय अनुसन्धान ब्युरो र मानब बेचबिखन अनुसन्धान ब्युरोले यस घटनाको संयुक्त रुपमा छानबिन तथा अनुसन्धान गर्ने निर्णय भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली असार १४ गते स्पेन भ्रमणमा गएका बेला उनीहरु पनि एकै साथ गएका र सरकारी प्रतिनिधिमण्डल भने असार २० गते फर्किएका थिए। तर उनी भने नफर्किएपछी रास्वपा सांसद सोबिता गौतमले असार २४ गते प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री सहभागीसँग स्पेन भ्रमणमा गएकाहरूमध्ये कतिपय स्वदेश नफर्किएको समाचार आएको भनेर प्रश्न उठाएकी थिईन्

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस