
नारी बाटिका
नारी संन्चार संवाददाता
गण्डकी -४ साउन ।
गए रातिदेखि गण्डकी प्रदेशको पोखरासहित विभिन्न जिल्लामा भारी वर्षा भइरहेकाले सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभागले एक सुचना जारी गरी कास्कीको लुम्ले र आसपासको क्षेत्रमा भारी वर्षा भएको र थप वर्षा हुन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको हो ।
यसका साथै गण्डकी प्रदेश सरकारले पनि प्रदेशका सबै जिल्लामा उच्च सतर्कता अपनाउन सर्वसाधारण,स्थानीय क्षेत्रमा बसोबास गर्ने सराकोरवाला सबैलाई अनुरोध गरेको छ ।
आइतबार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक रूपमा सुजना जारी गर्दै सावधानी र उच्च सतर्कता अपनाएर मात्र यात्रा गर्न भनेको छ ।








प्रतिक्रिया दिनुहोस