आज:  | Tue, 22, Jul, 2025

गुडिरहेको गाडीमाथि ढुंगा खसेर दुर्घटना हुंदा ३ जना घाइते

५ श्रावण २०८२, आईतवार १८:१५ मा प्रकाशित ( २ दिन अघि) २३५७ पटक पढिएको
नारी बाटिका


नारी संन्चार संवाददाता

धादिङ -४ साउन।

नारायणगढ -मुग्लिङ सडक खण्डको तुइनमा भारतीय कारमाथि ढुंगा खसेर दुर्घटना हुंदा तीन जना घाइते भएका छन् ।

आज दिउँसो सडकमा गुड्दै गरेको भारतको उत्तर प्रदेशबाट काठमाडौं तर्फ आउँदै गरेको युपी ८० जीपी२९२८ नम्बरको सेतो रंगको कारमा सडकको माथीपटी पहराबाट खसेको ढुंगो आएर कारमाथी बजारिएको हो ।

सडकमाथी पहराबाट खसेको ठूलो आकारको ढुंगो कारमा बज्रिएर कार क्षतिग्रस्त भएको छ भने उक्त कारको पछाडि बसेका तीनजना गम्भीर घाइते भएका छन्। उक्त कारमा पाँचजना सवार रहेको प्रहरीले जनाएको छ।

अचानक खसेको ढुंगोले कारको सन रुफ भत्काउँदै सिटमा रहेका यात्रुमाथि लागेको थियो । ढुंगाले लागेर घाइते भएकाहरूलाई अस्पताल लगिएको प्रहरीले बताएको छ । विस्तृत बिवरण आउन बाँकी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस