आज: २०८३ बैशाख २०, आईतबार | Sun, 03, May, 2026

मधेश प्रदेशका पूर्व प्रमुख झा बलात्कार अभियोगमा पक्राउ

२०८२ श्रावण ५, सोमबार मा प्रकाशित ( ९ महिना अघि) ९५४९ पटक पढिएको
नारी बाटिका


नारी संन्चार संवाददाता

काठमाडौं-५ साउन।

मधेश प्रदेशका पूर्व प्रमुख राजेश झा ‘अहिराज’लाई बलात्कार अभियोगमा पक्राउ परेका छन्। मधेश प्रदेशका

आईतबार काठमाडौँबाट पूर्वप्रमुख झालाई बलात्कार अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनु भयो।

प्रहरी उपरीक्षक बोहराका अनुसार “बलात्कार आरोपमा झाविरुद्ध अदालतबाट पुर्जी जारी भएको थियो। आज हाम्रो टोलीले काठमाडौँबाट पक्राउ गरेको हो।”

पक्राउ परेका पूर्वप्रदेश प्रमुख झाविरुद्ध थप अनुसन्धान गर्न प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट आइतबार नै पाँच दिनको म्याद लिएको प्रवक्ता बोहराले बताउनु भयो।

उनी २०७७ फागुन ७ मा मधेशको प्रदेश प्रमुख पदमा नियुक्त भएका थिए। उक्त समयमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरी झालाई मधेशको प्रदेश प्रमुखमा नियुक्त गरेको थियो।

झा मधेश प्रदेश प्रमुख हुनुअघि मधेशवाणी साप्ताहिक पत्रिका प्रकाशनको कार्य गर्ने गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस