आज: २०८३ श्रावण १०, आईतबार | Sun, 26, Jul, 2026

भक्तपुरमा दुई किशोरीहरु मृत अवस्थामा फेला

२०८२ श्रावण ८, बिहिबार मा प्रकाशित ( १ साल अघि) ८२४७ पटक पढिएको
नारी बाटिका


भक्तपुर- ८ साउन।

भक्तपुरमा एउटै डोरीको पासोमा झुन्डिएको अवस्थामा  दुई किशोरीहरु मृत अवस्थामा फेला परेका छन्।

एउटै घरका दिदीबहिनीहरु एउटै डोरीको पासो लगायर झुण्डिएको अवस्थामा उनीहरुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ।

सुर्खेत पञ्चपुरी न।पा ८ घर भई हाल मध्यपुर थिमि नगरपालिका–८ बोडे सिन्टिटारस्थित डेरामा बस्दै आएका दुई किशोरीहरू १७ वर्षीया मेनुका र उनकी बहिनी १५ वर्षीया श्रृजना कँडेल मृत फेला परेका हुन् ।

दुवै दिदीबहिनी चक्रधर प्रजापतिको दुई तले घरको भुईं तलामा डेरा गरी बस्दै आएका थिए । उनीहरू बिहान पौने ७ बजे कोठाकै प्यासेजमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस