आज: २०८२ श्रावण ११, आईतबार | Sun, 27, Jul, 2025

सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर श्रीमान्श्री/मतीको मृत्यु

२०८२ श्रावण १०, शनिबार मा प्रकाशित ( १९ घण्टा अघि) १२७२ पटक पढिएको
नारी बाटिका


काठमाडौं १० साउन ।

सप्तरीमा शनिबार सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर श्रीमान्‌(श्रीमतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको रुपनी गाउँपालिका–२ पौवाँ घर भएका ४५ वर्षीय बालेश्वर खंग मण्डल र ४२ वर्षीया उनकी श्रीमती रामकुमारी खंग दुवै जनाको विद्युत्‌बाट चल्ने सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर ज्यान गएको हो ।

उनीहरुले आफ्नै घरमा सिटी रिक्सा चार्ज गर्न खोज्दा पहिला श्रीमान्‌लाई करेन्ट लागेको र श्रीमान् कराउन थालेपछी उनलाई छुटाउन जाँदा श्रीमतीलाई पनि करेन्ट लागेको थियो । सोही क्रममा दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उदयकुमार राईले जानकारी दिनु भयो ।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस